NEWS


सात मकवानपुरेको विदेशमा मृत्यु

हेटौंडा, (नेस), विदेशमा मृत्यु भएका सात मकवानपुरेको परिवारले जिल्ला प्रशासन कार्यालयमार्फत् क्षतिपूर्ति रकम बुझेका छन् । आर्थिक बर्ष २०६६-०६७ देखि हालसम्म सात मकवानपुरेको परिवारले विदेशमा मृत्यु भएकाहरुको बीमा रकम प्राप्त गरेको लेखा अधिकृत प्रल्हाद सापकोटाले जानकारी दिए ।

आव २०६७÷०६८ मा मात्र ६ मकवानपुरेको परिवारले प्रशासन मार्फत् क्षतिपूर्ति बुझेका छन् । साउदी अबरमा मृत्यु भएका राममणी सुवेदीकी पत्नी सरस्वति सुवेदीले प्रशासनमार्फत् ६४ हजार ६ सय ६४ रुपियाँ जेठमै मेघबहादुर थापाकी पत्नी सान्नानी थापाले एक लाख ८८ हजार ६ सय २९ रुपियाँ बुझेको प्रशासनले जनाएको छ । त्यसैगरी साउदी अरबमा मृत्यु भएका तिलबबहादुर थापा पत्नी सरिता थापाले ७७ हजार ५ सय ७८ रुपियाँ बुझेको प्रशासनले जनाएको छ ।

कतारमा मृत्यु भएका पूर्णहरी अधिकारी पत्नी देउकुमारी अधिकारीले गत बर्ष प्रशासनमार्फत् २४ लाख ४२ हजार ७ सय ५७ रुपियाँ बुझेकी छिन् । त्यसैगरी साउदी अबरमा मृत्यु भएका भीमबहादुर रानाका बाबु तिलकबहादुर रानाले ९८ हजार एकसय २४ रुपियाँ बुझेका सापकोटाले जानकारी दिए । साउदी अरबमै मृत्यु भएका प्रतापिसंह गोले पत्नी साप्ना घलानले ४६ हजार पाँचसय ९५ रुपियाँ बुझेकी छिन् । अबरमै मृत्यु भएका महेन्द्र घिसिङकी श्रीमती शर्मिलाले प्रशासनमार्पुत् ४० हजार सातसय रुपियाँ प्राप्त गरेकी छिन् । दुई बर्ष अघि कतारको दोहामा मृत्यु भएको रामशरण अधिकारीकी पत्नी सान्नानी अधिकारी र छोरा अनिल अधिकारीले प्रशासनमार्फत् एकलाख एकहजार दुईसय ८० रुपियाँ बुझेका छन् । परराष्ट्र मन्त्रालयमार्फत् प्राप्त रकम प्रशासनले परिवारलाई हस्तान्तरण गरको हो ।